विश्वकपको छायामा नयाँ गीत,खाना मिठो थकालीलाई असर

विश्वकप फुटबलले विश्वभर माहोल तातिरहेको बेला नेपाली सांगीतिक क्षेत्रमा पनि नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ। यसैबीच लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्काको मौलिक सिर्जना ‘खाना मिठो थकाली भान्साको’ सार्वजनिक भएको छ।

नेपालका चर्चित खानाका परिकार र प्रेमको भावनालाई समेटेर तयार पारिएको उक्त गीतको भिडियो हेमन्त खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

निर्माण पक्षका अनुसार हाल विश्वकप फुटबलको महाकुम्भ चलिरहेकाले त्यसको प्रभाव गीतको कथावस्तु र प्रस्तुतिमा समेत देख्न सकिन्छ।

हेमन्त खड्काकै शब्द तथा लय सिर्जना रहेको गीतमा उनलाई सुमधुर स्वरकी धनी गायिका सरिता सुनारले साथ दिएकी छन्। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन्।

निर्देशक प्रविण थापाको निर्देशन रहेको भिडियोमा चर्चित मोडल लोमश शर्मा, रचना न्यौपाने र सन्ध्या आचार्यको अभिनय रहेको छ। गीतको कथा भने सञ्चारकर्मी कृष्ण आचार्यले तयार पारेका हुन्।

जनता फिल्म्सको निर्माण रहेको उक्त भिडियो काठमाडौंको ठमेलस्थित होटल द युनिभर्सलमा छायाङ्कन गरिएको हो। भिडियोको सम्पादन नवीन घर्तीले गरेका छन्।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय