टिभि हेर्दै गरेकी बालीकालाई पहिरो पुरेपछि

काठमाण्डौ । जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी बस्ने जिवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारको पहिरोले पुरिएर घटना स्थलमै मृत्यु भएको छ।

मंगलवार राति रमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । तीनतले कच्चि घर सहित सुनारको थारो समेत पुर्ण रुपमा भत्किएको छ । छ जना सदस्य रहेको परिवारका चार जना घरमा नभएको र मृतकका दाजु तथा उहाँका साथि घरमा टिभि हेररुरहेको बेला घटना भएको थियो ।

घाईतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटना भएको आधा घण्टा भित्रै स्थानीयको बाक्लो उपस्थितिमा उद्धार गरिएका कारण थप मानवी क्षति नभएको स्थानीय माधव बेल्वासेले बताउनुभयो ।

इलाका प्रहरी चौकी पालिकाका असइ गञ्जबहादुर घमका अनुसार पीडित सुनारको घरमा पालिएको एक रागोको जिवितै उद्धार गरिएको छ भने एउटा भैसी , ६ वटा बाख्रा तथा अन्नपात लत्ता कपडा सबै घर सँगै पुरिएका नष्ट भएको जनाइएको छ । परिवारलाई हाल उहाकै दाजुको घरमा स्थानान्तरण गरिएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया