काठमाडौं । यस वर्षको सफल तीज गीतहरूमध्ये पर्ने "कालि पसम कि" का सर्जक प्रेम सापकोटा निरन्तर गीत-संगीतमा सक्रिय रहेका छन्। तीजको गीतबाट नाम र दाम दुवै हात पारेपछि उनले अर्को नयाँ गीत "चुरा बजाउँदै" सार्वजनिक गरेका छन्।
"चुरा बजाउँदै" गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकले निकै मन पराएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आएकी रञ्जिता विक र प्रेम सापकोटा (सोनु) को स्वर रहेको उक्त गीतको लय र शब्द सिर्जना सापकोटाले नै गरेका हुन्। गीतका शब्दहरू निकै चोटिला र भावनात्मक छन्, जसले दुई प्रेमीको भावनालाई उठान गरेको छ।
सुनिल परियारको संगीत संयोजन रहेको गीतमा एलिना रायमाझी, शिशिर पौडेल र साथीहरूको अभिनय रहेको छ भने गीतको निर्देशन राजकुमार मगरले गरेका छन्। गीतलाई प्रेम सापकोटा सोनुको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।