काठमाण्डौ । नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कलाकारहरूले तीज गीतहरू सार्वजनिक भइरहेका छन । यसै बीच लोकप्रिय गायक कस्तुप पन्तले पनि मौलिक तीज गीत सार्वजनिक गरेका छन ।
समसामयिक विषयमा तयार पारिएको उनको पछिल्लो तीज गीतमा घर परिवारमा नयाँ बुहारी आएपछि हुने घर परिवारको परिस्थितिलाई गीतमा निकै उत्कृष्ट रूपले अडियो र भिडियोमा उतारिएको छ ।
मनु पन्तको लय तथा शब्द सिर्जना रहेको गीतमा आवाज भने कस्तुप पन्त र देवी घर्तिको रहेको छ । निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा लोमश शर्मा र दिव्या न्यौपानेको अभिनय रहेको छ । गीतलाई सारथी म्युजिकले बजार ब्यवस्थाप गरेको छ ।