सानिमा लाईफको शेयर मूल्य ७ सय माथि पुग्यो,मंगलबार पनि सर्किट

काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य मंगलबार पनि सर्किट लागेको छ । 

कारोबार सुरु भएको करिव २ साताको अवधिमा कम्पनीको शेयर मूल्य ७ सय २८ रुपैयाँ पुगेको छ । यस अघिका दिनमा भन्दा आज यो कम्पनीको शेयर खरिद विक्री चाप समेत बढेको छ भने शेयर माग पनि केहि घटेको देखिएको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर ४३ सय भन्दा धेरै कित्ताको कारोबार भएको छ भने एक लाख हाराहारीमा शेयर खरिद माग रहेको छ । 

प्रतिक्रिया