नेपाल सुनचाँदी शिल्प ब्यवसायीको महाधिवेशन काठमाडौंमा

रमेश सेञ्चुरी/काठमाण्डौ - नेपाल सुनचाँदी शिल्प ब्यवसायी संघको १३ औं कार्षिक साधारण सभा तथा छौंटौ अधिवेशन शनिवार काठमाण्डौमा सुरु भएको छ । नयाँबजारमा सुरु भएको अधिवेशनले बार्षिक साधारण सभाको कार्यक्रम साथै अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार सम्पन्न उदघाटन सत्रको कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठले सुनचाँदी ब्यवसायसँग आवद्ध ब्यवसायीहरुको समास्या समाधानको लागि सम्बन्धीत निकायमा आफुले सक्दो पहल गर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्ने अधिकांश अतिथी तथा संस्थाका पदाधिकारीहरुले गोल्ड बैंकको स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा गायक तथा सर्जक दुर्गा विरहीले आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए भने संघको स्मारिका समेत विमोचन गरिएको थियो । सो स्मारिकामा ब्यवसायीक पाटोहरुको बारेमा प्रष्ट पारिएको छ । यो संस्थामा अहिले सम्म नेपाल भरिका ८ सय भन्दा धेरै सदस्यहरुको आवद्धता रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया