काठमाण्डौ - करिव २ हप्ता पहिला सार्वजनिक भएको लोकप्रिय गायिक विष्णु माझीको नयाँ तीज गीत चरि जेलैमा ले १ करोड दर्शक बनाउन सफल भएको छ ।
विना बुष्ट यति छिटो करोड दर्शक बनाउने सो गीत अग्रस्थानमा पर्न सफल भएको छ । गीतले लगतार दर्शकहरुको राम्रो प्रतिक्रिया समेत बटुलिरहेको छ ।
सार्वजनिक भएको एक दुई दिन सम्म त्यति धेरै दर्शक बनाउन नसकेको उनको गीतले टिकटक लगाएत सामाजिक सञ्जाहरुमा उनको जिवनीसँग तुलना गरेर हेर्न थालिएपछि भने गीतले आक्रामक दर्शक बनाइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म गितले १ करोड ३ लाख दर्शक बनाएको छ भने गीतलाई १५ हजार ५ सय भन्दा धेरैले प्रतिक्रिया दिएका छन । साथै गीतमा २ लाख ४४ हजार भन्दा धेरैले मन पराएका छन भने १२ हजार भन्दा धेरैले डिसलाईक समेत गरेका छन ।
गीतका टिकटकमा ३ लाख हाराहारीमा भिडियो बनाइएको छ । गीतका सम्पुर्ण टुक्क र म्युजिक समेत हिट भएको छ । गीतलाई सुन्दरमणी अधिकारीेले लय तथा शब्द सिर्जना गरेका हुन भने गीतको म्युजिक भिडियो निर्देशन शिव विकले गरेका छन ।
गीतमा ललिता पौडेल र सुन्दरमणी अधिकारीले अभिनय गरेका छन । गीत पुतलीको भट्टी भाग १७ मा समावेश गीत हो । गीत सार्वजनिक भएर चर्चा आएपछि विष्णु माझी र उनको परिवारको विषयमा पनि फेरी चर्चा हुन थालेको छ । विष्णु माझीका माता पिताको एक बर्ष अघिनै ज्यान गएको सामाचार बाहिरीएको छ भने आफ्नो भनाई राखेर चर्चामा आइरहने मुकुन्द घिमिरेले माझी प्रति अशोभनिय टिप्पणी गरेका छन ।