काठमाडौं - सञ्चारकर्मी कृष्ण सुवेदीको नयाँ गीत कालो बादल भर्खर मात्र सार्वजनिक भएको छ । यो गीत अघिल्लो साल सार्वजनिक भएको तीज गीत चरित्र हिनको भाग दुई हो । यो गीतको धेरै दर्शक श्रोता प्रतिक्षामा थिए ।
पारिवारिक कलह र अन्तमा एक पुरुषको महानताको कारण मिलन भएको एक परिवारको अत्यन्तै मर्मस्पर्सी कथामा गीत र भिडियो तयार भएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।
गीतलाई कृष्ण सुवेदी,शर्मिला गुरुङ र अनुरोध सुवेदीले आवाज दिएका छन् । गीतको लय शब्द तथा निर्देशन समेत सुवेदी आफैले बनाएका हुन ।
यता गीतको राम्रो पक्ष भनेको भिडियो समेत हो । आशिर प्रताप जंग,पवित्रा सुवेदी र अनुरोध सुवेदीले गीतमा दमदार अभिनय गरेका छन् । कलाकारको उत्कृष्ट अभिनयलाई गीतलाई जीवन्त बनाएको छ ।