काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । केही दिन यता नेप्से एकोहोरो ओरालो लागेको थियो ।
आइतबार बजार १३ अङ्कले बढेर समग्र बजार २०८३ विन्दुमा आएको छ भने ३२५ कम्पनीहरूको ४ अर्बमाथिको शेयर किनबेच भएको छ । यस दिन कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मात्र शेयर मूल्य घटेर कारोबार भएको छ ।
आज नेप्सेका अन्य सूचकहरूमा समेत चमक आएको छ । उत्पादन र लगानी उपसमूह बाहेक अन्य समूह बढेका छन भने ब्यापार उपसमूहमा सबै भन्दा धेरै बृद्धि देखिएको छ । त्यस्तै आज २ कम्पनीहरूको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ ।
आज धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल फाइनान्स र पोखरा फाइनान्स अग्रस्थानमा रहेका छन । आर्थिक वर्षको बजेटसँगै लगानीकर्ताको मनोबल कमजोर हुँदा नेप्से घटेको थियो ।