बाढी र पहिरोको कहर: देशभर १९० जनाको मृत्यु, २३८ घाइते

काठमाण्डौ । अविरल वर्षाका कारण जेठ २८ गतेदेखि देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म १९० जनाको ज्यान गएको छ। बाढी र पहिरोले गर्दा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना, र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९० जनाको मृत्यु भएको हो।

यस विपद्‌मा परी काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना, र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २३८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। यसैगरी, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्दार गरिएको छ।

बाढी र पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना, र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीका कारण ३८४ घर डुबानमा परेका छन् भने ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय, र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ८५२ वटा पशु चौपायाको मृत्यु भएको छ। विपद्‌का घटनाबाट ४८१९ घरपरिवार विस्थापित भएका छन्।

प्रतिक्रिया