फेरी सुरु भयो नेपाल आइडल

काठमाण्डो - चर्चित रियालीटी शो नेपाल आइडलको नयाँ सिजन सुरु भएको छ । आजदेखि डिजिटल अडिसन दिन सक्ने गरि कार्यक्रमको सुरुवात भएको हो । नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु गर्न लागेको हो।


कोरोना महामारीका कारण यो पटक कार्यक्रममालाई डिजिटल माध्यममा बढि जोड दिइएको निमार्ण युनिटले जनाएको छ । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको चौथो संस्करणको अडिसन पहिलेभन्दा फरक र पृथक ढंगले गर्न लागेको हो।

नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ। अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ। भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपाल आइडल प्रोडक्सन युनिटले नयाँ सिजनका लागि सबै तयारी पूरा भएको जनाएको छ।

आइतबार मात्र एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलबीच नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो।  त्यसलगत्तै डिजिटल अडिसन सुरु गर्न लागिएको हो। कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित डिजिटल अडिसन गर्न लागिएको नेपाल आइडलले जनाएको छ।

प्रतिक्रिया