नर्भिकमा उपचार भइरहेको मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार हुन सकेन,५० लाख खर्च भइसकेको जानकारी

काठमाण्डौ - तिन बर्ष अघि दुर्घनामा परि घरमै बसिरहेकी निशा घिमिरेकाको नर्भिक अस्पतालले उद्धार गरि निशुल्क उपचार गरिरहेकोमा उनको स्वास्थ्यमा खासै सुधार हुन नसकेको जनाएको छ ।

अस्पतालले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नेपालमा उपलव्ध सबै उपचार पद्धति अपनाएर उनको उपचार गरिएको थियो । तर उनको स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन । 

अस्पतालले आज सम्ममा उनको उचारमा पचास लाख भन्दा धेरै खर्च भइसकेको जनाएको छ । घिमिरे दुर्घटना पछि लामो समय उपचार विहिन बनेर घरमै बसेका कारण मस्तिष्कका कोशीकाहरु मरिसकेको कारणले स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालको निष्कर्ष छ । 

सुरुका केहि दिन उनको स्वास्थ्या उल्लेख्य सुधार आएको थियो भने अहिले भने अबस्था जटिल र स्थितर छ । उनलाई राम्रो  रिहाब सेन्टरको आवश्यकता पर्ने समेत नर्भिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया