शेयर बजारमा आज पनि हरियाली हुने संकेत,कतिले बढ्यो प्रिओपन् सेसनमा नेप्से ?

काठमाडौँ - साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बजार बढेको छ । यो सँगै समग्र बजार २७९२ बिन्दुमा पुगेको छ । 

यो सेसनमा आज २७ कम्पनीहरूको ५२ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीहरूको शेयर मूल्य बढेको छ । 

जोशी जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । सोमबार पनि शेयर बजार २० अंक हाराहारीमा बढेर बजार बन्द भएको थियो ।

प्रतिक्रिया