काठमाडौं। नेपाली संगीत क्षेत्रका अनुभवी र लोकप्रिय गायक सागर विरहीको एकल गीत 'पीडा मलाई भो' सार्वजनिक भएको छ। सुमधुर आवाजका धनी विरहीको यो गीत प्रेममा विछोड भएका प्रेमीहरूको मनोभावलाई प्रस्तुत गर्दछ।
गीतमा सागर विरहीकै उत्कृष्ट शब्द, लय र स्वर समावेश गरिएको छ। अडियो पक्ष अत्यन्तै सशक्त रहेको यो गीतले श्रोताको मन जित्ने विश्वास दिलाउँछ, तर भिडियो निर्माण पक्ष भने तुलनात्मक रूपमा सामान्य देखिएको छ।
भर्खरै सागर विरहीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले संगीतप्रेमीहरूको मन जित्न सफल भइरहेको छ। २ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय विरहीले निरन्तर रूपमा नयाँ सिर्जनाहरू ल्याएर श्रोतादर्शकलाई मनोरञ्जन प्रदान गर्दै आइरहेका छन्।