शेयर बजारमा नयाँ रकेर्ड कायम

काठमाडौं - भारतीय शेयर बजारमा शुक्रबार नयाँ रकेर्ड कायम गरेको छ । यस दिन सेन्सेक्स अल टाईम हाई ६२ हजार २९३ विन्दुमा पुगेको छ । यो सेन्सेक्सको अल टाईम क्लोजिङ हाई र ५२ साता यताकै उच्च विन्दु हो ।साताको अन्तिम कारोबार दिन, सेन्सेक्सका ३० मध्ये १५ शेयरमा वृद्धि देखिएको छ । यस्तै, १५ शेयरमा गिरावट पाइएको छ ।

निफ्टीले पनि ५२ सातामा नयाँ क्लोजिङ हाईको रेकर्ड बनाएको छ । कारोबारको समयमा निफ्टी १८ हजार ५३४.९०को उच्च स्तरमा पुगेको थियो । अन्तिम समयमा निफ्टी २८ अंकले बढेर १८ हजार ५१२ विन्दुमा बन्द भयो ।

यसअघि निफ्टी नोभेम्बर २४ अर्थात् हिजो १८ हजार ५२९ र क्लेजिङ हाई १८ हजार ४८४ मा पुगेको थियो । निफ्टीले अलटाईम हाई रेकर्ड १८ हजार ६०४ विन्दु २०२१ अक्टोबर १९ मा बनाएको थियो ।

प्रतिक्रिया