काठमाण्डौ । बाल गायिका समीक्षा अधिकार र नायक पूर्ण विक्रम शाह (पल शाह) बीचको सम्बन्धले नयाँ मोड लिएको छ ।
बुधबार तनहुँमा पुगेर जबरजस्ती करणी अभियोगमा अधिकारीले जाहेरी दिएपछि त्यसले नयाँ मोड लिएको छ । यस बीचमा अधिकारी र पलको सम्बन्धलाई लिएर केही गोप्य भनिएका अडियोहरू सार्वजनिक भएका थिए ।
समीक्षाले एक अधिकारकर्मीलाई दिएको बयान साथै दुर्गेश थापा,पल शाह र समीक्षा अधिकारी बीच भएको कुराकानीको अडियो सबै भन्दा पहिला सार्वजनिक भएको थियो । ती दुबै अडियो सुन्नुहोस् ।
त्यस लगत्तै पल शाहले आज आफूमाथि आफ्नै साथीहरूले घात गरेर फसाउन खोजेको आरोप लगाएका छन । यो विषयमा गायक दुर्गेश थापाको भूमिका समेत शङ्कास्पद रहेको देखिएको छ । उनीहरु बीचमा भएको गोप्य अडियो क्रमश सुन्नुहोस्