काठमाडौं - केही दिन अघि सार्वजनिक भएको गीत बागलुङ तिरको निकै चर्चामा आएको छ । सामाजिक सञ्जाल Tiktok मा गीतका धेरै भिडियो बनेका छन् । यो समाचार तयार पार्दा सम्म गीतको ५० हजार भन्दा धेरै भिडियो बनाइसकेको छ ।
गीतको अडियो र भिडियोको निकै चर्चा भैरहेका छन् ।
गीतलाई दोहोरीका राजा भनेर चिनिने गायक तथा सर्जक रविन लामिछानेको शब्द सिर्जना गरेका हुन् ।
पञ्चेबाजाको सो उत्कृष्ट गीतमा लय सिर्जना भने ईश्वर सिंहले गरेका छन । ईश्वर र शान्ता रानी परियारको आवाज रहेको सो गीतले भिन्न दुई स्थानका मायालु जोडिहरूका कथालाई निकै कलात्मक रुपमा उठाएको छ ।
गीतको अडियो र भिडियो उत्कृष्ट छ । भिडियोलाई युवा निर्देशक विनोद भण्डारीले निर्देशन गरेका छन भने अभिनयमा विनोदलाई नारायणी खत्रीले साथ दिएकी छन । गीतलाई शान्ता रानी परियारको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।