देशभर मनसुनी प्रभाव: बाढी र पहिरोको उच्च जोखिम

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ, जसका कारण कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ। बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुने सम्भावना पनि रहेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना भएकाले बाढी, पहिरो, र भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय