बागलुङका खड्कालाई उत्कृष्ट शब्दको अवार्ड

काठमाडौं - गायक तथा सर्जक हेमन्त खड्काले राष्ट्रिय साँस्कृतिक अवार्डमा उत्कृष्ट शब्दको उपाधि हात पार्न सफल भएका छन् । 

उनले भुरुरू उडेको मैन बोलको गीतबाट सो उपाधि हातपार्न सफल भएका हुन । आफ्नो सिर्जनालाई उपाधि पाएपछि आर्थिक सन्देश संग कुरा गर्दै खड्काले आफूलाई ऊर्जा थपिएको बताउनु भयो । 

आईतबार भव्य समारोहका बीच चलचित्र विकास बोर्डमा सम्पन्न सो समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना प्रमुख अतिथि हुनुहुन्थ्यो । 

त्यो अवसरमा कलाकारितामा एक दशक भन्दा धेरै समय बिताउनु भएका अग्रज कलाकार खडक गर्बुजा,विष्णु खत्री,कस्तुप पन्त,इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो । 

खड्काले अवार्ड पाएको गीत भुरुरू उडेको मौना यस्तो छ - 

 

प्रतिक्रिया