• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

जापानमा रहेका प्रेम सापकोटाको हातमा रेलको चाबी - भिडियो सहित

काठमाण्डौ - जापानमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा कलम चलाउने चर्चित गायक तथा सर्जक प्रेम सापकोटा सोनुको यो बर्षको लागि तेस्रो र आफ्नो प्रस्तुतीको पहिलो गीत रेलको चावी भर्खर मात्र सार्वजनिक भएको छ । 

आफ्नो सिर्जनामा अत्यन्तै मौलिकता र उत्कृष्टता प्रदान गर्ने सोनुले यो गीतमा पनि उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन । माया प्रेमलाई गीतमा कलात्मक रुपमा उठाएर गीतका शब्द कोरेका प्रेमले त्यस्तै सुमधुर लय सिर्जना समेत गराएका छन । 

सागर विरहीको संगीत संयोजन रहेको गीतमा प्रेमलाई आवाजमा रचना रिमालले साथ दिएकी छन । गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक सोनुले आफ्नो गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो । 

गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ । गीतमा स्मृति तिमिल्सीनाले कलात्मक निर्देशन गरेकी छन भने अञ्जली अधिकारी र विजय पुनको अभिनय रहेको छ । गीतलाई प्रेम सापकोटा सोनुको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया