काठमाडौं - युवा सर्जक किरण चापागाईको उत्कृष्ट शब्द,संगीतमा नयाँ गीत "आमा बाबा पियारी" भर्खर मात्र सार्वजनिक भएको छ ।
विदेशीनु पर्ने नेपालीहरुको दर्दनाक कहानीमाथि बनाइएको गीतमा निशान भट्टराईले सुमधुर आवाज दिएका छन् । गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै सर्जक किरण चापागाईले गीत हेर्ने दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरू आइरहेको बताउनु भयो ।
लक्ष्मी बर्देवा,जीवन भट्टराई,किशोर भट्टराई,टिक निरौला लगाएतका अभिनय रहेको गीतमा जीवन भट्टराई र लक्ष्मी बर्देवाको निर्देशन रहेको छ ।