तीज पछि रचनालाई डिपेन्डेण्टमा जापान लैजांदै प्रेम

काठमाडौं - नेपालीहरुको महान पर्व हरितालिका तीज नजिक नजिक आउँदै छ । तीजलाई लक्षित गर्दै हो वर्ष पनि १ सय भन्दा धेरै गीतहरू सार्वजनिक भएका छन् । भने केही सार्वजनिक हुने क्रममा रहेका छन् । 

प्राय तीज र दशैमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गायक तथा सर्जक प्रेम सापकोटा "सोनु" ले यो वर्षको तीजको लागि पनि नयाँ गीत सार्वजनिक गरेका छन् । उनको तीज गीतले चेलीको वेदना भन्दा फरक माया प्रेमलाई विषय बनाएको छ । 

गीतको अडियो र भिडियो समेत उत्कृष्ट छ । प्रेम सापकोटा, दिनेश केसी र रचना रिमालको आवाज रहेको गीतमा लय, शब्द सापकोटाको रहेको छ भने थेगो दिनेश केसीले बनाएका हुन् । 

गीतको म्युजिक भिडियोमा प्रविन थापाले निर्देशन रहेको छ भने सचिता बोलाखे र अर्जुन सापकोटाको अभिनय रहेको छ । 

 

 

प्रतिक्रिया