कपिलवस्तुको शिवराजमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गयो

सांकेतिक तस्विर

काठमाण्डौ । पछिल्लो समय नेपालमा सवारी दुर्घटनाको संख्या बढिरहेको छ । केहि दिन अघि मात्र पाल्पामा ठुलो मानविय क्षति भएको थियो भने आज कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । 

बुधबार राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली  यातायात  दुर्घटना भएको प्रहरीले जनाएको छ । सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। मृतकहरूको सनाखत भएको छैन।

दुर्घटनामा ३० जना घाइते भएका छन्। तीमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया