एकै दिन ठुलो अंकले घट्यो सुनको मूल्य

काठमाडौं ।  सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको हो । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 


यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ रहेको थियो ।
 

प्रतिक्रिया