तीन ब्रोकर कम्पनीले पाए शाखा खोल्ने अनुमति

काठमाडौं - ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि थप तीन ब्रोकर कम्पनीले अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्।

शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो।

निवेदन दिएको १४ कार्य दिनमै अनुमति पाएकोमा ब्रोकर कम्पनी भने दङ्ग छन्। शनि सेक्युरुटिजले गत फागुन १८ गते निवेदन दिएको हो। उसले गत चैत्र ८ गते अनुमति पायो। उसले १४ कार्य दिनमा अनुमति पाएको शनिका सञ्चालक सन्तोष न्यौपानेले मेरो लगानीसँग भने। “हामीले निवेदन दिएको १४ कार्य दिनमै अनुमति पायौँ”न्यौपानेले मेरो लगानीसँग भने।

नेपाल धितोपत्र बोर्डले निवेदन दिएको १५ दिनमै अनुमति पाउने व्यवस्था गरे पश्चात् पहिलो लटमा ती ब्रोकर कम्पनीले अनुमति पाएका हुन्। थप दुई ब्रोकर कम्पनी जेएफ सेक्युरुटिज र भिजन सेक्युरुटिजले यसै साता निवेदन दिएका हुन्। जेएफले पूर्वको दमकमा शाखा बिस्तारको अनुमति माग गरेको छ भने भिजनले ललितपुरको पाटनका लागि निवेदन दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए।

यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा बिस्तारको अनुमति दिएको थियो।      

प्रतिक्रिया