निरन्तर अविरल बर्षा,दशैं मानेर कर्मथलो फर्कनेलाई सास्ती

काठमाडौं - बेमौसमी झरीले यो पटकको दशैं धेरैलाई खल्लो लागेको छ । अष्ठमी देखि पर्ने थालेको पानी निरन्तर परिरहेको छ भने अझ केही दिन पर्ने पूर्वानुमान छ । 

दशैंको २० गते समेत देशका विभिन्न भागमा विषण वर्षा भइरहेको छ । वर्षाले टीका लगाउन आफन्तको घर जानेहरुको साथै टीका लगाएर कर्मथलो फर्किनेहरुलाई सास्ती भएको छ । 

उपत्यका लगाएत आसपासको क्षेत्रमा आज दिउँसो देखि मौसममा सुधार आउने अनुमान गरिएको छ भने अन्य क्षेत्रमा भोलिदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया