सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

काठमाडौँ । पछिल्लो समय विभिन्न कलाकारहरूले पार्टीसम्बन्धी प्रचार गीतहरू निर्माण गरी सार्वजनिक गरिरहेका छन्। पेशागत रूपमा कलाकारले आफ्नो सिर्जना प्रस्तुत गर्नु स्वाभाविक विषय हो, भने मतदाताले पनि आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्ने अपेक्षा गरिन्छ।

यसै क्रममा यस वर्ष सार्वजनिक भएका पार्टीसम्बन्धी गीतहरूमध्ये सबैभन्दा बढी चर्चामा रहेको गीत हो घण्टी बजाउ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित उक्त गीत युरोपमा रहेका युवा सर्जक शिव अखेलीले लेखेका हुन् भने जापानमा रहेका युवा गायक सूर्य खड्का र उनका साथीहरूले स्वर दिएका छन्। गीत सामाजिक सञ्जाललगायत विभिन्न माध्यममार्फत सार्वजनिक भएपछि दर्शकले निकै मन पराइरहेका छन्। यस वर्ष सार्वजनिक भएका प्रचार गीतहरूमध्ये यो गीत सबैभन्दा चर्चित बनेको छ।

गीतमा रवि कार्की र सरस्वती लामिछानेले अभिनय गरेका छन् भने निर्देशन कुमार केसीले गरेका छन्।

 

प्रतिक्रिया