कास्कीमा जीप दुर्घटना,२ जनाको ज्यान गयो

सांकेतिक तस्विर

काठमाण्डौ । नेपालमा पछिल्ला केहि दिन सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या निकै बढिरहेको छ । आइतबार फेरि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

ज्यान जानेमा पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको छ । 
पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ । सल्लाघारीममा बस खस्दा १० जना घाइते भएका छन । 

प्रतिक्रिया