गायिका दिलमाया सुनारको मृत्युमा नयाँ तथ्य सार्वजनिक,हत्या कि आत्महत्या ?

काठमाण्डौ । नेपाली लोकदोहोरीमा संघर्षरत गायिका दिलमाया सुनारको मृत्युको विषयमा अझै वास्तविकता बाहिर आइसकेको छैन तर उनको पोस्टमार्टम रिपोर्ट भने सार्वजनिक भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार उनको झुन्डिएर मृत्यु भएको पुष्टि भएको छ । उनी आफै झुन्डिएकी हुन कि कसैले झुण्डाएको हो भन्ने भने अनुसन्धानको विषय नै रहेको छ । उनको मृत्युलाई अनुसन्धान गरिरहेको प्रहरीले प्रेमी भनिने एक युवालाई नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । 


हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान गर्नको लागि रगत परिक्षण गर्न थालिएको छ । प्रहरीले रिपोर्टका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पठाउने तयारी भइरहेको जनाएको छ  । 


भजाइनल स्वाब परीक्षणका लागि भने प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको छ । रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै आत्महत्या वा अरू कसैले झुण्डाएको भन्ने पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया