पल शाहलाई समस्या थपिँदै - तनहुँमा पनि १४ वर्ष कैदको माग

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया