पाँच सयले बढ्यो सुनको मूल्य कति पुग्यो तोलामा

काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापवाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया