पल विरुद्ध नेता बाबुराम भट्टराईको कडा टिप्पणी पीडकको पक्ष लिनु लज्जास्पद

काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी बिचको सम्बन्धले यतिबेला पुरै देश तातिरहेको छ । पक्ष र विपक्षमा मतहरु राख्नेक्रम चलिनै रहेको छ । नेपाली चलचित्रका नायिकाहरुले समीक्षाको पक्षमा आफ्नो भनाई राखिरहेका बेला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि समीक्षाको पक्षमा आफ्नो भनाइ राखेका छन । 

सामाजिक सञ्जालमा सक्रिय नेता डा। भट्टराईले ट्विटरमार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिकाप्रति छ ।

डा भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’


उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया