काठमाडौँ । युवा सर्जक पुष्पल शर्माले एकपछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन्। लेखन क्षमता उत्कृष्ट भएका कारण उनका गीतहरूले निरन्तर चर्चा पाइरहेका छन्।
पछिल्लो गीत ‘थोपा आँसु’ मा शर्माका शब्द तथा कुशल बेलबासेको लय सिर्जना रहेको छ। गीतमा कुशल र देवी घर्तिको स्वर रहेको छ। गीतको अडियो र भिडियो पक्ष दुबैलाई निर्माण पक्षले उत्कृष्ट बनाएको छ।
गीतको म्युजिक भिडियोमा निशान बाँनियाँको निर्देशन रहेको छ भने शिशिर पौडेल, आयुष्मा कार्की र रिहान शंकरको अभिनय देख्न सकिन्छ।