काठमाडौं । गीत–संगीत समाजको ऐना मात्र होइन, हाम्रो वरपरका कथालाई कलात्मक रूपमा प्रस्तुत गर्ने माध्यम पनि हो। यसले जीवनको अर्थ खोज्ने प्रयास गर्छ र धन कि खुसी भन्ने जस्ता प्रश्नहरूको उत्तर दिन्छ।
यस्तै जीवनको अर्थ खोज्ने नयाँ गीत ‘धनमाया–मनमाया’ भर्खरै सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले लाखौंको लगानीमा उक्त गीत सार्वजनिक गरेको हो।
गीतमा चर्चित गायिका शान्ती श्री परियार र ज्योती न्यौपानेले स्वर दिएका छन्। अडियो तथा भिडियो पक्षमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ। गीतको शब्द गायक ज्योती न्यौपानेले सिर्जना गरेका हुन्।
गीतको भिडियो उत्कृष्ट लोकेसनमा छायांकन गरिएको छ। भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने अभिनयमा आयुष्मा कार्की र सुरेश कोहली रहेका छन्।