काठमाण्डौ । दोहोरी प्रतियोगीतामा प्रथम भएसँगै चर्चामा आएका गायक तथा सर्जक प्रकाश पराजुलीको सिर्जना नयाँ गीत सरर भागौंला सार्वजनिक भएको छोटो समयमै चर्चामा आएको छ ।
रेगुलर भन्दा फरक तवरको सो गीतलाई दर्शकले अचम्मै मन पराएका छन । गीतले सामाजिक सञ्जालहरूमा समेत निकै प्रशंंसा पाउने गरेको छ । प्रकाश पराजुलीको शब्द तथा लय सिर्जना रहेको गीतमा आवाजमा भने अस्मिता अधिकारीले साथ दिएकी छन ।
धेरैले चर्चा गरेको सो गीतको म्युजिक भिडियो समेत हो । गीतमा सुनिल क्षेत्रीले कलात्मक निर्देशन गरेका छन भने अभिनयमा सुनिल क्षेत्री,गीता ढुङ्गाना,रश्मि भट्ट,लोमश शर्मा लगायतआधा दर्जन भन्दा धेरै कलाकारको अभिनय रहेको छ ।