अविरल वर्षाले नेपालमा २३६ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं— केही दिनअघि भएको अविरल वर्षाका कारण नेपालमा बाढी, पहिरो र डुबानबाट अहिलेसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्।

नेपाल प्रहरीका अनुसार, यस प्राकृतिक विपद्मा १७३ जना घाइते भएका छन्। बाढीपहिरोबाट प्रभावित १७ हजार १२० जनाको सफल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले विभिन्न ठाउँमा बाढी र पहिरोले सडकहरू अवरुद्ध बनाएकाले लामो यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र अन्य आपतकालीन राहत सामग्री वितरण गरिरहेको छ भने घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएकोछ।

प्रतिक्रिया