आज पनि देशैभरि सार्वजनिक बिदा,शेयर बजार बन्द

काठमाडौं - नेपाली पात्रो अनुसार सरकारले आज अर्थात फागुन ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक महिनासम्म मनाइने ल्होसारको आज पहिलो दिन रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।

आज पनि शेयर बजार लगाएत वित्तीय संस्था बन्द हुनेछन् । यो हप्ता आईतबार पनि प्रजातन्त्र दिवस भएका कारण सार्वजनिक बिदा थियो । 

प्रतिक्रिया