गणेश अधिकारी र जुना श्रीसले बिरानो मुलुकको पीडा यसरी सुनाए – भिडियो सहित

काठमाण्डौ – परदेशी युवाहरुको पीडालाई सबै भन्दा कलात्मक रुपमा गीत संगीतमा उतार्न सक्ने लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारीको लय तथा शब्द रहेको नयाँ गीत विरोनो परदेशी भर्खर मात्र सार्वजनिक भएको छ ।

लाखौं नेपालीहरुले भोगेको कहालीलाग्दो पीडालाई गीतमा उठाइएको छ । गीतमा गणेशलाई आवाजमा लोकप्रिय गायिका जुना श्रीसले साथ दिएकी छन् ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतलाई मौसम हिमालले निर्देशन गरेका छन् भने धुर्ब हिमाली र दुर्गा ओलिको अभिनय रहेको छ ।

गीतलाई जीवन साथी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया