केपी कुमार जलन / बागलुङ – गोलो अनुहार, गहुँगोरो बर्ण, केही ठुला आँखा, आँखा माथी प्राय: पावर वाला चश्मा अन्दाजी बर्ष ९ कि बालिका जो सामाजिक सन्जालमा परम्परादेखि हाम्रो समाजमा रहि आएका सामाजिक समस्याका विषयहरु माथी आफ्नो धारणा र धारणा सगै समाधानका उपाय र केही सन्देश दिने गर्छिन ।
उनी हुन बिधाता पौडेल । सामाजिक संजाल Tik Tok मा समेत उनको राम्रो अभिनय देख्न सकिन्छ । स्याङ्जा आँधिखोला गाउँपालिका-३ स्थाई घर भइ हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै आईरहेकी उनी नेपाल आदर्श आबासिय बिद्यालयमा कक्षा-४ मा अध्ययन गर्दै आईरहेकी छन् । पढाईमा समेत अब्बल रहेकी बिधातालाई नाच निकै मन पर्छ रे ।
सामाजिक विषयबस्तुमाथि आफ्नो दृस्ठिकोण र प्रस्तुति उत्कृष्ट देख्न सकिन्छ । हरेक दृस्ठिकोण सगै न्यायको माग गरिरहेकी हुन्छिन उनी । उनी भित्रको बाल प्रतिभा अझै मौलाउन सकोस, हाम्रो शुभकामना । उनका केही प्रस्तुति सामाजिक सन्जालहरुबाट लिएका छौं ।