काठमाडौ – के रात को समयमा पिपल को रुखमा साँच्चै नै देखिन्छ त भुत?
हो देखिन्छ तर कसरी भन्दा जब मानिस रात को समयमा पिपल मात्र भएको रुख को नजिक जान्छ तब उसलाई सास फेर्न अति नै गाह्रो हुन्छ (किन गाह्रो हुन्छ भन्ने बुझ्न अन्तिम सम्म ध्यान दिएर पढ्नुहोस् है)। जब मानिसलाई सास फेर्न गाह्रो हुन्छ तव उसले अनेक नकारात्मक कुराहरू मनमा खोलाउँन थाल्दछ किनकी उसको मनमा नकारात्मक कुरा ले धेरै नै ठाउँ ओकटेर बसेको हुन्छ। आफुलाई अक्सिजनको कमि भएको भन्ने कुरा नबुझेर उसले त्यहाँ भुत भएको भन्दै सत्यकुरा नभुझि हल्ला फैलाउँछ र अरु मानिसहरू पनि त्यहि हल्लै हल्लाको पछि दौडिने गर्दछन् र वास्तविकता को अध्ययन गर्दैनन् पनि ।
वर र पिपल सँगै किन रोपिन्छ ?
वर र पिपल सँगै रोप्ने प्रथा पनि सदिऔँ देखि चलिआएको छ । आज हामी यी दुई रुख सँगै रोप्नु को रहस्यको बारेमा पनि हाम्रा पूर्खाले चालेको वैज्ञानिक कदम लाई बुझ्ने छौँ ।
पिपल संसारमा अक्सिजन दिने वृक्षहरू मध्ये दोस्रो ठुलो रुख हो । पिपल ले दिउँसो अक्सिजन(मानव लाई अति आवश्यक तत्व) दिन्छ भने त्यहि पिपल ले रात्रीको समयमा त्यहि अक्सिजन(Oxygen -O2) आफुले लिन्छ र कार्वन्डाइअक्साइड (Carbon dioxide – co2) छोड्दछ । त्यसकारण रातको समयमा पिपल मात्र भएको क्षेत्रमा अक्सिजन को कमि हुन्छ तव त्यस क्षेत्र नजिक रहने मानिसलाई सास फेर्न अति नै गाह्रो हुन्छ भने कतिपय को त त्यहि कारण ले मृत्यु समेत हुने गरेको धेरै प्रमाणहरू रहेका छन् ।
अध्ययन को क्रममा खिचिएका तस्विर मध्ये एक उदाहारण को रुपमा प्रस्तुत माथिको तस्विर मा देख्न सकिन्छ की यो क्षेत्रमा पिपलको मात्र रुख छ(साथमा वर वा अन्य कुनै ठुलो रुख छैन पिपलको तुलना अनुरुप।) र नजिकै बस्ति पनि रहेको छ । यो क्षेत्रका मानिसहरूको पछिल्लो २० बर्ष देखिको औसत मृत्युदर हेर्दा राती कै समयमा र सास फेर्न गाह्रो भएर नै भएको पाईयो । यस्ता अनगिन्ती उदाहारण छन् यो त केवल नमुनाको लागी मात्र प्रस्तुत गरिएको हो ।
यसरी बिगत लामो समय देखि बिभिन्न स्थानमा गरिएको अध्ययन, अनुसन्धान र खोज बाट यो कुरा प्रष्ट भएको छ की जुन गाउँ, बस्ती को छेउँमा पिपलको मात्र रुख रहेको छ त्यस क्षेत्रका मर्ने धेरै (अधिकतम) मानिसहरूको रात को समयमा र अक्सिजनकै कमि(सास फेर्न गाह्रो) भएर मृत्यु भएको पाईयो । यो बाट यो प्रष्ट हुन्छ की रात तो समयमा पिपल ले मानिसहरूलाई धेरै नै गाह्रो पार्दछ त्यसैको बिकल्पको लागी रातको समयमा अक्सिजनको कमि नहोस् भन्न पूर्खाहरूले वर पिपल सँगै राप्ने चलन चलाउँनु भएको थियो । यो अति नै प्रभावकारी र बैज्ञानिक पनि रहेको छ ।
धार्मिक र आध्यात्मिक मान्यता कै लागी होस् वा भूत कै डर देखाएर भए पनि समाज का हरेक मानिसहरूको दीर्ध आयु र सहज जीवन यापनका लागी अति नै दीर्धकालीन सोच का साथमा हामीलाई हाम्रा पूर्खा ले यी यस्ता अनेक उपायहरू सिकाउँनु भएको छ । यी यस्ता संस्कार संस्कृती आफैँ मा कहिले पनि रुढीबादि वा नराम्रो हुँदैन केहि न केहि शिक्षा त्यहाँ लुकेको हुन्छ त्यसैले त्यस्को खोज अनुसन्धान गर्नु अनि मात्र त्यस विषयमा बोल्नु हामी सबै को कर्तव्य पनि हो ।
धर्म को नाम मा होस् या डर देखाएर होस्, वर पिपलको विवाह भनेर होस् या पिपल मात्र रोप्नु हुन्न पाप लाग्छ भनेर होस् यी सबै गर्नुको कारण यहि आदि रहेको छ । हाम्रा पूर्खा ले चालेको यस्ता कार्यको लागी उहाँहरू सबैको हामी ऋणी छौँ । त्यसैले आफ्ना आफ्ना पिता पूर्खा को जय जयकार गरौँ र उहाँहरूको सम्मान का लागी यस्ता विषय बस्तु को खोज अनुसन्धान गरेर संरक्षण पनि गरौँ । जय नेपाल…