रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से करिव १७ अंकले घटेको छ । यो सँगै समग्र बजार २८४३ विन्दुमा झरेको छ ।
यो हप्ता भरि शेयरको विक्रि चाप अत्यधिक पर्दा शेयर मूल्यमा गिरावट आएको हो । आज २१९ कम्पनीहरुको ७ अर्व ३३ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
नेप्सेका सबै उपसूचकहरुमा आज रातो पोतियो भने होटल र जलविद्यतु समूह भने सामान्य बढ्यो । आज गैर जीवन विमा कम्पनीको उपसूचक सबै भन्दा धेरै घटेको छ भने जलविद्युत उपसूचक सबै भन्दा धेरै अंकले बढेको छ ।
आज नेपाल पुनर्वीमा कम्पनीको सबै भन्दा धेरै रकमको शेयर खरिद विक्री भएको छ । उपर तामाकोशीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।