काठमाण्डौ – बुधबार नेप्सेमा फेरी पहिरो गएको छ । आज ५५ अंकले बजार घटेर २८६० विन्दुमा आइपुगेको छ । मंगलबार मात्र ८० अंकले नेप्से बढेको थियो ।
बुधबार विक्री चाप पर्दा नेप्से घटेको हो । आज कारोबार अवधिमा २१८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य १५ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज ९१ हजार पटक शेयर कारोबार हुँदा ८ अर्व ३६ करोड भन्दा धेरैको कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकहरु रातो भए । जीवन वीमा कम्पनीको शेयर समूह सबै भन्दा धेरै घटेको छ । आज नेपाल पुनर्वीमा कम्पीको शेयर सबै भन्दा धेरैका कारोबार भएको छ ।
आज राधी जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरैले बढेको छ ।