काठमाण्डौ । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार ७९ अंकले बढेर बन्द भएको बजार आज पनि बढेरै बजारको सुरुवात गरेको छ ।
आज यो सेसनमा नेप्से २५ अंकले बढेको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्सेमा हरियाली छाएको हो ।
यो सेसनमा आज ७० कम्पनीहरुको शेयर कारोबार भएको थियो । कारोबार भएका मध्य ५५ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीहरुको घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।
आज यो सेसनमा १ करोड भन्दा धेरैको कारोबार भएको छ ।