काठमाडौं - आफ्ना चर्चित गीतहरुबाट सबैमाझ लोकप्रिय बनिरहेका गायक कुलेन्द्र विश्वकर्माको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक भएको नयाँ गीत "फूल हौ तिमी " चर्चित बनेको छ ।
सामाजिक सञ्जाल देखि टिकटकमा समेत गीतलाई धेरैले मन् पराएका छन् । हजारौं प्रयोगकर्ताले यो गीतको भिडियो बनाएका छन् ।
गायक बिश्वकर्माले हामीसँग कुरा गर्दै गीतबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।
कुलेन्द्र विश्वकर्मा र कमल पोखरेलले आवाज दिएको गीतलाई कस्तुप पन्तले लय तथा शब्द सिर्जना गरेका छन् । गीतमा विश्वकर्मा र रञ्जित गुरुङले अभिनय गरेका छन् ।