• गृहपृष्ठ /
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार ,
  • बजार

भोलिदेखि टुटल र पठाओ सञ्चालनमा आउने

काठमाडौं : राइडर सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीलाई आधार मानेर सेवा सुरु गरिने कम्पनीले बताएका छन् ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि राइडर सेयरिङ कम्पनीले जोर–बिजोर प्रणालीलाई पालना गरेर सेवा दिने जनाएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो ।

प्रतिक्रिया