आईपीओ निकाल्न आइएमई लाइफ इन्स्योरेन्सले कति रेटिङ पायो ?

काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को रेटिङ्ग गराएको छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ ।

रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्तभए पछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया