• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाली शेयर बजारमा पिडादायी क्षण,सतक हाराहारीमा ओरालो लाग्यो नेप्से

काठमाण्डौ – धितोपत्र बोर्डको सूचिले तर्सिएका नेपाली लगानीकर्ता अझ सम्हालिन सकेका छैनन् । साताको दोस्रो दिन पनि नेप्से लगातार गिरावट आएर बजार बन्द भएको छ ।

सोमबार पेनिक सेल भए पनि नेप्से भने बढ्न सकेन । आज ७१ अंक भन्दा धेरैले नेप्से गिरावट आएर समग्र बजार २८३४ विन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने ११ अर्वमाथि पुगेको छ ।

आज दिनैभरिमा २२७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै लगानीकर्ताले निराश बनेका छन ।

नेपाल पुनर विमा कम्पनीको १ सय २४ रुपैयाँ घटेर सबैभन्दा धेरै कारोबार भएकोमा ननलाईफ इन्स्योरेन्सको शेयर उपसूचक सबैभन्दा धेरै घटेको छ ।

प्रतिक्रिया