प्रेममा पागल हुनेको कारुणीक कथामा बनेको नयाँ गीतमा राजेन्द्र र शान्ती श्रीको मुटु छुने आवाज

काठमाण्डौ – केही समय सुस्ताएको नेपाली लोकदोहोरी फेरि उठ्न थालेको छ । तीजको गीतको तयारीमा रहेका कलाकारहरुले नयाँ दोहोरी गीतहरू पनि सार्वजनिक गरिरहेका छन् ।

यसै बीच राजेन्द्र कँडेल र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत पागल भर्खर मात्र सार्वजनिक भएको छ ।

अत्यन्तै उत्कृष्ट शब्द,सुमधुर लय रहेको सो गीतमा कडेंल र परियारको उत्कृष्ट आवाज रहेको छ । गीतलाई छोटो समयमा धेरैले मन् समेत पराएका छन् ।

गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । गीतमा नारायण प्रसाद शर्माको शब्द तथा गायक स्वयंको लय सिर्जना रहेको छ । रुपा कँडेल र शिशिर भण्डारीको अभिनय रहेको गीतलाई विक्रम चौहानले निर्देशक गरेका छन् ।

प्रतिक्रिया