काठमाण्डौ – साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा १८ अंकले बढेको छ ।
आइतबार अर्धसतक भन्दा धेरैले गिरेको बजार आज पनि बढ्ने संकेत देखाएको हो । यो सेसनमा आज ५८ कम्पनीहरुको ८३ लाख भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ३६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । यो अवधिमा प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।