काठमाण्डौ – साताको पहिलो दिन नेप्से करिव ७ अंकले बढेको छ ।
योसँग समग्र नेप्से २९७५ विन्दुमा पुगेको छ । आज यो सेसनमा ४७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
एक करोड भन्दा धेरैको कारोबार हुँदा नेपाल पुनर विमा कम्पनीको सबै भन्दा धेरै शेयर खरिद विक्री भएको छ । आज वित्त क्षेत्रका कम्पनीहरुको शेयर मूल्य बढेको छ ।